१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।
यससँगै संसदको अवरोध हटेको छ । यसअघि पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजी गरेका थिए । सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो । विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको माग गरेका छन् ।
एमालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीका साथै त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ ।
संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।