सिंहदरबारको फुटपाथमा सर्वसाधारणलाई हिँडडुलमा रोक
सिंहदरबारको फुटपाथमा सर्वसाधारणलाई हिँडडुलमा रोक
काठमाडौँ । सरकारले सिंहदरबारको फुटपाथमा आजबाट हिड्डुल गर्न रोक लगाएको छ । सिंहदरबारसँगै टाँसिएको फुटपाथ डोरी टाँगेर विपरीत दिशाको फुटपाथ प्रयोग गर्न भनिएको छ ।
कडा सुरक्षाबिच पनि सोमबार मिटरब्याजी पीडितहरू एकाएक संसद् भवन बानेश्वरमा छिरेर नाराबाजी गरेपछि अल्तालिएको सरकारले निषेधित क्षेत्र भएकाले विपरीत दिशाको फुटपाथ प्रयोग गर्न सर्वसाधारणसँग अपिल गरेको हो ।
काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतले सिंहदरबार परिसर पहिल्यै देखि निषेधित क्षेत्र भएपनि सर्वसाधारणलाई असुविधा हुने देखिएकाले हिड्डुल गर्न दिइए पनि अब कडाइ गरिने बताए ।