Sep 17 2024 | २०८१, असोज १ गते

काठमाडौं महानगरले माग्यो १४० स्वयंसेवक

काठमाडौं महानगरले माग्यो १४० स्वयंसेवक

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
  • काठमाडौं महानगरले माग्यो १४० स्वयंसेवक

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । २४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ ।

    images
    images

    महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १ सय बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले बताए ।

    स्वयंसेवक कार्यक्रम अन्तर्गत सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्ने झाले बताए । महानगरले स्वयंसेवकका लागि फारम भर्न नाम, थर, स्थायी, अस्थायी ठेगाना, रुचि भरेर बुझाउनुपर्ने हुन्छ ।

    ‘यसमा आफू कुन विधामा इच्छुक हो, वातावरण तथा बालबालिका र सम्पदामा युवा तथा बालबालिकामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयंसेवक बन्न खोजेको हो, त्यसबारे २ सय शब्दसम्ममा धारणा लेखेर पठाउनुपर्ने महानगरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार