Sep 17 2024 | २०८१, असोज १ गते

नेविसंघको बैठक संस्थापन इतर पक्षबाट बहिष्कार

नेविसंघको बैठक संस्थापन इतर पक्षबाट बहिष्कार

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
  • नेविसंघको बैठक संस्थापन इतर पक्षबाट बहिष्कार

    काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापनइतर समूहले बहिष्कार गरेको छ ।

    images
    images

    दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो।

    कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन् । उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए। 

    उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए । तर सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक शुरू गराएको हो । बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि रहेका थिए ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार