Jan 03 2025 | २०८१, पुस १९ गते

images
images

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० : नेपालले पायो  एक सय ८५ रनको लक्ष्य 

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० : नेपालले पायो  एक सय ८५ रनको लक्ष्य 

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
  • त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० : नेपालले पायो  एक सय ८५ रनको लक्ष्य 

    काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो । 

    नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाएका हुन् । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । 

    स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए । 

    बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार