Sep 17 2024 | २०८१, असोज १ गते

इपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ– प्रधानमन्त्री

इपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ– प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
  • इपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ– प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूूह (इपीजी) को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताएका छन्।

    images
    images

    राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले सो प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिएका हुन् ।

    सो प्रतिवेदन बुझ्न भारतले आनाकानी गर्दै आएकाले बैठकमा सांसदहरुले चासो राखेका थिए । सांसदहरुका प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने पनि स्पष्ट गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार