Sep 17 2024 | २०८१, असोज १ गते

प्रहरीले हटायो सिंहदरबार, संसद् भवनबाहिर फुटपाथमा लगाएको डोरी

प्रहरीले हटायो सिंहदरबार, संसद् भवनबाहिर फुटपाथमा लगाएको डोरी

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
  • प्रहरीले हटायो सिंहदरबार, संसद् भवनबाहिर फुटपाथमा लगाएको डोरी

    काठमाडौँ । बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार स्थित प्रधानमन्त्री निवासस्थित फुटपाथको डोरी प्रहरीले हटाएको छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएको थियो । आलोचना पछि प्रहरीले डोरी हटाएको हो ।

    images
    images

    फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणिहरु संघीय संसद् भवनमा प्रवेश गरेका थिए । सो घटनापछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाएको थियो । संसद् भवन प्रवेश गरेको आरोपमा ४८ जना महिला र एक जना पुरुष थुनामा छन् । बानेश्वर, बालुवाटार र सिंहदरबारको फुटपाथमा टाँगको डोरी हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

    उनले भने, ‘निषेधाज्ञा घोषणा गरिएको ठाउँ हुनाले ती ठाउँका फुटपाथ सकभर प्रयोग नगर्न हामीले सूचना दिएका हौँ ।’ संसद् भवनको कम्पाउन्डबाट पक्राउ गरिएकाहरू विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार