Sep 17 2024 | २०८१, असोज १ गते

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
  • तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

    काठमाडौँ । तराई/मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
     
    उनले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेसमा सिँचाइको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । सांसद् जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

    images
    images

    सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेदरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आवका लागि बजेटको सुनिश्चितता गराउन माग गरे । सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आग्रह गरिन् ।

    सांसद बिमला घिमिरेले मिटरव्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुमित्रा विसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुनःनिर्माणको प्रक्रिया अघि बढाउन सुझाव दिइन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार