Sep 17 2024 | २०८१, असोज १ गते

कुटपिट आरोपमा पक्राउ शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

कुटपिट आरोपमा पक्राउ शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
  • कुटपिट आरोपमा पक्राउ शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    images
    images

    जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।

    घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइबाले गरेकी छन् । यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले बताए । जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार