Sep 17 2024 | २०८१, असोज १ गते

बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २० २०८०
  • बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

    काठमाडौँ ।  सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु-याउन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग  आज छुट्टाछुट्टै छलफल गरेका छन् । 

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

    प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दैछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार