Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

आजको मौसम : देशभरि मौसम मुख्यतया सफा रहने

आजको मौसम : देशभरि मौसम मुख्यतया सफा रहने

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
  • आजको मौसम : देशभरि मौसम मुख्यतया सफा रहने

    काठमाडौँ ।  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले  जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा आजको लागि छैन, मौसम आज सफा नै रहने छ । आज रातिबाट बादल लाग्ने छ ।

    काठमाडौँको अहिलेको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता ६ किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् पुडासैनीले बताए । यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार