Sep 17 2024 | २०८१, असोज १ गते

परराष्ट्रमा एक वर्ष सन्तोषजनक रह्यो : एनपी साउद

परराष्ट्रमा एक वर्ष सन्तोषजनक रह्यो : एनपी साउद

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
  • परराष्ट्रमा एक वर्ष सन्तोषजनक रह्यो : एनपी साउद

    काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । नयाँ समीकरण बनेपछि स्वतः मन्त्रीबाट हटेका साउदले सामाजिक संजालमा लेख्दै झण्डै एक वर्षको कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् ।

    images
    images

    ‘झण्डै एक वर्ष मुलुकको परराष्ट्रमन्त्रीका रूपमा जिम्मेवारी बहन गर्दाको अनुभव सन्तोषजनक रह्यो । यो महत्वपूर्ण भूमिका निर्वाह गरिरहँदा राजनीतिक नेतृत्ववर्ग, राष्ट्रसेवक कर्मचारी, कूटनीतिक समुदाय, संचारकर्मी एवं सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त भयो, जसका लागि म उहाँहरू सबैप्रति आभारी छु’ साउदले भनेका छन्, ‘जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको छ र छिट्टै सकारात्मक नतिजा आउनेमा म आशावादी छु। राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि  मेरो इमान्दार प्रयास र योगदान जारी रहनेछ। जय नेपाल।’ साउद गत वर्ष चैत १७ गते परराष्ट्र मन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार