Sep 17 2024 | २०८१, असोज १ गते

बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ

बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
  • बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ

    काठमाडौँ । बालुवाटारबाट प्रहरीले १३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । 

    images
    images

    बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

    निषेधित क्षेत्रमा जान लागेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए।

    मिटरब्याज पीडितहरू भृकुटीमण्डपबाट जमल- नक्साल हुँदै बालुवाटार मार्च गर्ने योजना थियो। उनीहरूलाई प्रहरीले भृकुटीमण्डमै रोकेपछि केही पीडित बालुवाटार प्रधानमन्त्री निवास ३ नम्बरको गेट पुगेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार