रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने
रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो ।
बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुँदैछ । अन्य मन्त्रालयहरू कसले पाउने भन्नेबारे केही बेरमा सार्वजनिक गरिने पनि ती नेताले जनाए ।