Sep 17 2024 | २०८१, असोज १ गते

देउवाले बोलाए संसदीय दलको बैठक

देउवाले बोलाए संसदीय दलको बैठक

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
  • देउवाले बोलाए संसदीय दलको बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि बिहान ९ बजे बस्नेगरी बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आगामी रणनीतिबारे  छलफल गर्न बैठक बोलाइएको हो।

    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर चार दल (माओवादी,एमाले,रास्वपा र जसपा) को नयाँ सत्ता समीकरण बनाएका छन्।

    सत्ता गठबन्धन फेरिएपछि मंगलबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न वैकल्पिक गठबन्धनको प्रयास थालेको छ।

    आजै बिहान सभापति देउवाले पछिल्लो विकसित राजनीति परिस्थितबारे एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। देउवा पत्नी आरजु राणा र प्रमुख सचेतक रमेश लेखकसहित कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए।

    छलफल सकारात्मक रहेको कांग्रेसले जनाएको छ। विकसित राजनीतिक घटनाक्रमका बारेमा कांग्रेसले अन्य पार्टीहरूसँग पनि छलफल भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार