Sep 17 2024 | २०८१, असोज १ गते

सरकारको प्रवक्तामा रेखा शर्मा, महिलामन्त्रीको विदेश भ्रमण अनुमोदन

सरकारको प्रवक्तामा रेखा शर्मा, महिलामन्त्रीको विदेश भ्रमण अनुमोदन

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
  • सरकारको प्रवक्तामा रेखा शर्मा, महिलामन्त्रीको विदेश भ्रमण अनुमोदन

    काठमाडौँ । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री तोकिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।

    images
    images

    यस्तै, बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालका शुभकामना दिएका थिए  ।

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन् । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार