Sep 17 2024 | २०८१, असोज १ गते

गठबन्धन फेरिएपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन

गठबन्धन फेरिएपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
  • गठबन्धन फेरिएपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौँ । सत्ता गठबन्धनमा परिवर्तन र सरकारको पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पहिलोपटक प्रतिनिधिसभामा सम्बोधन गरेका छन् ।
         
    संसदमा उठेका विषयप्रति सरकार गम्भीर हुने स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले संसदमा उठाइएका दुई युवा मारिएको बालकुमारी–घटनामाथि उठेका प्रश्न मन्त्रिपरिषद्को पुनर्गठनसँगै केही हदसम्म सम्बोधन भएको बताए ।

    images
    images

    “सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप सत्य छैन । संसदमा नियमित कार्यतालिका बनाएर सवाल जवाफ सुरु गर्ने प्रधानमन्त्रीमाथि लगाइएको त्यस्तो आरोप स्वीकार्य छैन ।” प्रधानमन्त्री दाहालले मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता भइरहेको र सहकारी पीडितका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगमा कार्यदल बनाइ काम भइरहेको जानकारी दिए । समस्याग्रस्त लघुवित्त र सहकारीबाट नागरिकका बचत हिनामिना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरीबाट छानबिन गरी कारबाही गर्न प्रक्रिया आरम्भ भएको पनि उनले जानकारी गराए ।
         
    प्रधानमन्त्री दाहालको सम्बोधन जारी रहेको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल आएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार