Sep 17 2024 | २०८१, असोज १ गते

परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
  • परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

    काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

    images
    images

    सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए ।  भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार