Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख २६ हजार रुपैयाँ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख २६ हजार रुपैयाँ

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २७ २०८०
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख २६ हजार रुपैयाँ

    काठमाडौँ । नेपाली बजारमा सुनको भाउमा दिनानुदिन रेकर्ड कायम गरिरहेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आइतबार पुनः रेकर्ड कायम गरेको हो।

    images
    images
    images

    आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको छ। आज बढेसँगै प्रतितोला छापावाला सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर  हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७८ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ३१ डलरमा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार