Sep 17 2024 | २०८१, असोज १ गते

म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना

म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
  • म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना तिराएको छ । आइतबार नियमित अनुगमनका क्रममा ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टहरु कारबाहीमा परेका हुन् ।

    images
    images

    ती होटल तथा रेस्टुरेन्टहरुले म्याद गुज्रेका वस्तुको रिलेवलिङ गरेको, गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको विभागले जनाएको छ । कारवाहीमा परेका तीन वटै होटल रेस्टुरेन्टलाई जनही तीन लाखका दरले जरिवाना तिराइएको छ ।

    यसैगरी ती होटल तथा रेस्टुरेन्टबाट म्याद नाघेको १३ हजार एक सय ४४ रुपैयाँ बराबरको खाद्यवस्तु नष्टसमेय गरिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार