Sep 17 2024 | २०८१, असोज १ गते

राप्रपा नेता श्रेष्ठमाथि हातपात भएको घटनामा अनुसन्धान गर्दै  प्रहरी

राप्रपा नेता श्रेष्ठमाथि हातपात भएको घटनामा अनुसन्धान गर्दै  प्रहरी

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
  • राप्रपा नेता श्रेष्ठमाथि हातपात भएको घटनामा अनुसन्धान गर्दै  प्रहरी

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

    images
    images

    आइतबार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी भएका श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका थिए। 

    त्यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    श्रेष्ठले प्रहरीमा ठाडो निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको एसपी अधिकारीले बताए। कार्यसम्पादन समिति बैठकमा श्रेष्ठले भ्रष्टाचारका विषयमा कुरा राखेका थिए। त्यस विषयमा नेता विक्रम पाण्डेसँग विवाद समेत भएको थियो।  ‘भ्रष्टाचारका विषयमा ठूला कुरा नगरे हुन्छ,' भनेर पाण्डेलाई श्रेष्ठले भनेको एक कार्यसम्पादन समिति सदस्यले बताएका थिए।

    बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ। यस विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आपराधिक घटना भएको बताउँदै यसमा अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गर्ने प्रतिक्रिया दिएका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार