Sep 17 2024 | २०८१, असोज १ गते

निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
  • निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

    काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । 

    images
    images

    आज पाशुपत क्षेत्रमा आजोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा निकोलस भुसालले जानकारी दिए । 

    चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ । घर–घरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।

    महायज्ञमा करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार