Sep 17 2024 | २०८१, असोज १ गते

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
  • जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी

    बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज  पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए । 

    images
    images

    उनले भने, “राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।”

    देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै  मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए । उनले भने, “देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।”

    राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन  आएको भन्दै मन्त्री भण्डारीले  पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार