Sep 17 2024 | २०८१, असोज १ गते

ग्यास बोकेको ट्रकमा आगलागी हुँदा कर्णाली पुलमा आगो सल्कियो

ग्यास बोकेको ट्रकमा आगलागी हुँदा कर्णाली पुलमा आगो सल्कियो

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २८ २०८०
  • ग्यास बोकेको ट्रकमा आगलागी हुँदा  कर्णाली पुलमा आगो  सल्कियो

    धनगढी । कर्णाली पुलमा आगलागी भएको छ।  ट्रकमा लागेको आगो पुलमा पनि सल्किएर पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो।

    images
    images

    एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ।

    आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खुलेको छैन। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार