Sep 17 2024 | २०८१, असोज १ गते

परराष्ट्रमन्त्री र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता 

परराष्ट्रमन्त्री र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता 

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • परराष्ट्रमन्त्री र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता 

    काठमाडौँ । नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । 

    images
    images

    “दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।  काठमाडौं । नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । 

    “दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । 


    भेटमा रूसी सेनामा नेपालीको भर्ती रोक्ने, भर्ती भएकालाई फिर्ता पठाउने, युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव फिर्ता ल्याउने, मृतक र घाइतेलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने लगायतका विषयमा सकारात्मक कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए । 

    यही फागुन २४ गते परराष्ट्रमन्त्री श्रेष्ठ र रूसका विदेशमन्त्री सर्गेई लाभरोभबीच टेलिफोनमा कुराकानी भएको थियो । टेलिफोन वार्तामा रूसी विदेशमन्त्रीले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न सघाउने आश्वासन दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार