Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

    काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् ।

    images
    images

    सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए । 

    “राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’’, अध्यक्ष दाहालले भने, “म त्यहीअनुसार अगाडि बढ्छु ।” 

    संविधानमा उल्लेख भएअनुसार राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उनको भनाइ थियो ।  

    राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने बताउँदै उनले कानुन निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उनको भनाइ थियो । अध्यक्ष दाहालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिँदै छन्  । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार