Sep 17 2024 | २०८१, असोज १ गते

सुनको सिक्री नपाएको झोकमा विवाह मण्डपबाट फरार बेहुला पक्राउ

सुनको सिक्री नपाएको झोकमा विवाह मण्डपबाट फरार बेहुला पक्राउ

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • सुनको सिक्री नपाएको झोकमा विवाह मण्डपबाट फरार बेहुला पक्राउ

    काठमाडौँ । दाइजोमा सुनको सिक्री नपाएपछि विवाह मण्डपबाट फरार भएका बेहुला उमेश साह पक्राउ गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–४ स्थायी ठेगाना भएका साहको पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाट स्थायी ठेगाना भएकी सीता (परिवर्तित नाम) सँग हिजो (सोमबार) विवाह थियो । सो विवाहको क्रममा विवाह मण्डपमै उमेशले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेका थिए । सो क्रममा विवाद भएको थियो । बेहुलाले विवाद गरी जन्ती फर्काउने क्रममा प्रहरीले उमेशसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    images
    images

    उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन् । उनी कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । दाइजोमा नगद १२ लाख, मोटरसाइकल (नगद ३ लाख २५ हजार), एक थान ल्यापटप, एक थान सुनको औठी, हनुमानको माला र सुनको सिक्री सहमति भएको थियो । सहमतिबमोजिम सुनको सिक्रीबाहेक अन्य सबै दाइजोमा दिइएको बताइएको छ ।

    बेहुली पक्षका अनुसार बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार