राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण
राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन्।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा मंगलबार दिउँसो भएको निर्वाचनमा दाहाल निर्वाचित भएका थिए।
शपथ ग्रहणपछि उनी सहिद स्मारक लैनचौरमा सहिदको शालिकमा माल्यार्पण गर्न गएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्।