आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ५० पैसा र बिक्रीमा १४५ रूपैयाँ १५ पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १४ पैसा तोकिएको छ।