Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर पठायो

पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर पठायो

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
  • पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर पठायो

    काठमाडौँ। पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो ।

    images
    images
    images

    काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको थियो ।

    त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई बुधबार साँझ पठाइएको उनले बताए । मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुंगिएको थियो ।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनका अनुसार, सहमति भएपछि पैसा भएका पीडितहरु फर्किएका थिए । तर, झण्डै दुई सय जनाजति पैसा नहुँदा घर जान पाएका थिएनन् ।

    सहमति अनुसार, पीडितको समस्याबारे जाँच गर्न नयाँ आयोग बन्दैछ । त्यसले तमसुकहरु खारेज गर्न समेत सिफारिस गर्ने सहमतिको बुँदामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार