विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भने - राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारी थपियो
विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भने - राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारी थपियो
काठमाडौँ । विश्वासको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो काँधमा अझै जिम्मेवारी थपिएको बताएका छन् । प्रतिनिधि सभामा तेस्रोपटक विश्वासको मत पाएपछि बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै प्रचण्डले यसपटकको विश्वासको मत अझ बढी लोकतान्त्रिक भएको पनि बताए ।
‘नयाँ समीकरणसहित आज मैले फेरि पनि विश्वासको मत पाए । यसपटकको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजिब रहन पुग्यो । यसले मेरो जिम्मेवारी अझै बढेको महसुस भएको छ’, प्रधानमन्त्रीले भने, ‘आजबाट मेरो काँधमा जिम्मेवारी थप भएको छ । मलाई थप जिम्मेवारी दिएकोमा सदनप्रति आभार प्रकट गर्छु । माननीय सदस्यहरूलाई धन्यवाद दिन्छु ।’
प्रधानमन्त्रीले बुधवार प्रतिनिधि सभामा १५७ जना सांसदको विश्वासको मत पाएका थिए । प्रधानमन्त्रीले २७९ पुस २६ गते २६८, चैत ६ गते १७२ सांसदको समर्थन पाउँदै विश्वासको मत प्राप्त गरेका थिए ।