सन्दीपविरुद्ध सरकारी पक्ष पनि उच्च अदालतमा
सन्दीपविरुद्ध सरकारी पक्ष पनि उच्च अदालतमा
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलत्कार मुद्दामा जिल्ला अदालतले दोषी देखाएको भए पनि सरकारी पक्ष पीडित भनिएकी ‘गौशाला २६’ नाबलिक रहेको भन्दै उच्च अदालत पाटन पुगेको छ। सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो। तर नाबलिक भने नरहेको अदालतको ठहर थियो।
सन्दीप पक्ष बलत्कार मुद्दामा निर्दोश रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल सन्दीप नाबालिक बलत्कार मुद्दा लिएर पुनस् उच्च अदालत पुगेको छ। सन्दीपविरुद्धको मुद्दा दर्ता भएको छ। उनीहरूले सन्दीपलाई नाबालिका बलत्कार अभियोगमा हदैसम्म कारवाही माग गर्दै मुद्दा दर्ता गरेका हुन्।
सन्दीपका कानुन ब्यवसायी सरोज कृष्ण घिमीरेले भने जिल्ला अदालतले सरकारी कागजातहरूकै आधारमा नाबालिका रहेको भनेर दिएको फैसालविरुद्ध उच्च अदालत जानु आफैमा विरोधाभाष भएको बताए। उनले भने ‘सरकारी पक्षलेनै सरकारले बनाएको कागजातका आधारमा उनी सावालिक रहेको अदालतले भनिसकेपछि अब त्यही विषयलाई लिएर उच्चमा जानु आफैले आफैलाई विश्वास नगरेको र विरोधाभाष हो।’
उनले सरकारले खासमा सरकारी कागजात कीर्ते गरेकोमा मुद्दा दायर गर्नु पर्नेमा उनीहरु आफ्नै कागजातविरुद्ध अदालत पुग्नु आश्चर्य भएको बताए। उनले भने ‘उनीहरूको माग अनुसार जिल्ला अदालते बलत्कारमा दोषी देखाइसकेको छ। अब उच्च अदालतले बलत्कार होकी होइन भन्ने विषयमा छिनोफानो गर्ने विषय मात्र मुख्य हो।’