सरकारले आठ महिनामा उठायो ६ खर्ब ६१ अर्ब राजश्व, खर्च आठ खर्ब बढी
सरकारले आठ महिनामा उठायो ६ खर्ब ६१ अर्ब राजश्व, खर्च आठ खर्ब बढी
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ६ खर्ब ६१ अर्ब राजश्व संकलन गरेको छ ।
महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार गत आवको समीक्षा अवधि भन्दा ७.१३ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।
गत आवको समीक्षा अवधिमा ६ खर्ब १७ अर्ब राजश्व संकलन गरेको थियो । चालु आवको ८ महिनामा करतर्फ ५ खर्ब ७८ अर्ब, गैरकरतर्फ ६० अर्ब ३७ करोड, ग्रान्ट्सतर्फ २ अर्ब ७५ करोड र अन्य २२ अर्ब २ करोड संकलन भएको छ । त्यस्तै यो ८ महिनामा ८ खर्ब १ करोड खर्च भएको छ । अघिल्लो वर्षको समीक्षा अवधिभन्दा २२ अर्ब बढी खर्च भएको हो ।