Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यलाई निलम्बनको तयारी

सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यलाई निलम्बनको तयारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २ २०८०
  • सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यलाई निलम्बनको तयारी

    काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेपछि प्रमुखलाई निलम्बन गर्ने तयारी भएको छ ।

    images
    images
    images

    मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा परेपछि निलम्बनको तयारी भएको गृहमन्त्रालयल स्रोतले जनाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै तस्करीको छानबिनमा गम्भीर त्रुटि गर्नेलाई निलम्बन प्रक्रिया अघि बढाउने प्रक्रिया चालेको बताइएको छ । उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन् ।

    योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।

    उनीहरूले सुन तस्करीमा जोडिएका मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित भएकोलाई समेत छाडेको उनीहरु माथि आरोप छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार