Nov 25 2024 | २०८१, मंसिर १० गते

images

सांसद अन्सारीको निधनले एक दिनपछि सर्यो राष्ट्रिय सभामा सभापति निर्वाचन

सांसद अन्सारीको निधनले एक दिनपछि सर्यो राष्ट्रिय सभामा सभापति निर्वाचन

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ४ २०८०
  • सांसद अन्सारीको निधनले एक दिनपछि सर्यो राष्ट्रिय सभामा सभापति निर्वाचन

    काठमाडौँ । राष्ट्रिय सभामा विषयगत समिति सभापतिको निर्वाचन एक दिनपछि सरेको छ । आइतबार तय भएको निर्वाचन प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि स्थगित हुन पुगेको राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी दिए ।

    images
    images
    images

    बहालवाला सदस्यको निधनमा संघीय संसद्का सभा तथा समितिका कामकारबाही स्थगित गर्ने संसदीय अभ्यास रहेकाले समिति सभापतिको निर्वाचन चैत ५ गते सोमबारका लागि सारिएको सचिव अर्यालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

    दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समिति नेतृत्वविहीन छन् । दुवै समितिको सभापतिका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएको थियो भने आइतबार मतदानको समय थियो ।

    दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेकाले दुवै सर्वसम्मत सभापति चयन हुँदैछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार