Sep 19 2024 | २०८१, असोज ३ गते

प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर

प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
  • प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    images
    images

    आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध रु दुई लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध रु ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध रु तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    ईशनाथ–५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर  र इस्टिमेट विपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ  । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार