Sep 19 2024 | २०८१, असोज ३ गते

माओवादी केन्द्रले उपाध्यक्ष महराका विषयमा कुनै निर्णय लिन सकेन

माओवादी केन्द्रले उपाध्यक्ष महराका विषयमा कुनै निर्णय लिन सकेन

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
  • माओवादी केन्द्रले उपाध्यक्ष महराका विषयमा कुनै निर्णय लिन सकेन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुन प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णवहादुर महराका विषयमा कुनै निर्णय गर्न सकेन । बैठकले महराका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो ।

    images
    images

    बैठकमा महराको विषयमा छलफल भएपनि ठोस निर्णय नभएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि बैठकमा विविध कोणबाट छलफल भएको उनले बताए । सबै पक्षबाट छलफल गरेपछि पार्टीले कुनै न कुनै निष्कर्ष निकाल्ने बताइएको छ ।

    प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले निष्कर्षमा पुग्न नसकिएको सापकोटाले बताए । महराको विषयमा अर्को बैठकले निर्णय लिने उनले बताए ।

    महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो । बैठकमा केही नेताले भने तत्काल निलम्बन गर्नु पर्ने धारणा राखेका थिए । केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार