Sep 19 2024 | २०८१, असोज ३ गते

दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
  • दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । 

    images
    images

    अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 

    हिजो  पूर्वीरुकुमबाट काठमाडौँतर्फ आउदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार