Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
  • प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक  गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले पेस गरेको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो । 

    images
    images

    नेपालको संविधानको धारा, ९४ अनुसार संसद्मा कुनै प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपूरक सङ्ख्या आवश्यक हुने जनाउँदैै सांसद देवप्रसाद तिमल्सेनाले सभामुखको ध्यानाकर्षण गरे । 

    तीन मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्दा गणपूरक सङ्ख्या पुग्न ६९ आवश्यक पर्नेमा बैठकमा उपस्थित सांसदको सङ्ख्या ६६ रहेकाले बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार