Sep 19 2024 | २०८१, असोज ३ गते

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
  • नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

    बैतडी । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ । 

    images
    images

    बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताए । बैठकमा  भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ । 

    साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । 

    बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने,  सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमा छलफल भएको छ । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

    यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डेलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार