Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधिसभाः  छोटी भन्सारबाट सहज आवातजावतको माग

प्रतिनिधिसभाः  छोटी भन्सारबाट सहज आवातजावतको माग

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
  • प्रतिनिधिसभाः  छोटी भन्सारबाट सहज आवातजावतको माग

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा धारणा राखेका छन् ।  बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले कोरोना महामारीको समयमा बन्द भएका नेपाल–भारत सीमाका छोटी भन्सार कार्यालयबाट हुने आवतजावत सहज बनाउन माग गरिन् । “छोटी भन्सार नाकामा चारपाङ्ग्रे सवारी बन्द हुँदा तराई–मधेसका नागरिकलाई दुई देशबीच आवतजावतमा समस्या भएको छ । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भनिन् । 

    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरमा सडक विस्तारका कारण बिजुलीका पोल अलपत्र हुँदा दुर्घटनाको जोखिम बढेको बताए । उनले सडकको बीचमा अलपत्र बिजुलीका पोल तत्काल व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केनद्र)का सांसद बिमला सुवेदी काठमाडौँ–नुवाकोट जोड्ने पासाङल्हामु राजमार्गअन्गर्तको तीनपिप्ले रानीपौवा सडक ठेक्का प्रक्रियामा जानु राम्रो भएको भन्दै रानीपौवा र पीपलटार सडकको पनि स्रोत व्यवस्थापन गरी अविलम्ब ठेक्का प्रक्रियामा लैजान आग्रह गरे। 

    साथै, उनले भूकम्पबाट क्षतिग्रस्त नुवाकोट दरबारको पुनःनिर्माण नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।सांसद भीमप्रसाद आचार्यले सुनसरी, मोरङ र झापा जिल्लामा हात्तीको आतङ्क बढदै गएको र  इटहरी वडा २ मा हात्तीको आक्रमणबाट  रवीन खड्काको मृत्यु भएको र उनको घरमा क्षति पुगेको, इटहरीकै गीता आचार्यको १५ कट्ठामा लगाएको केरा खेतीमा क्षति पु-याएको हुँदा हात्ती नियन्त्रण र निजहरुलाई क्षतिपूति दिन सरकारको ध्यानाकर्षण गराए ।
     
    सांसद मीना तामाङले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि खेतीलाई प्रोत्साहन गर्न कृषिमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिइन् । सांसद मैना कार्कीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउन सर्वोच्च अदालतको फैसला, पीडितको मागअुनसार निष्पक्षरुपमा ऐन संशोधन गरी छिटो निष्कर्षमा पु-याउन माग गरिन् ।
     
    सांसद मङ्गलप्रसाद गुप्ताले राजमार्ग निर्माणमा बढी ध्यान दिनुपर्नेमा पहुँचवालाको ठाउँमा मात्र सडक निर्माणका लागि बजेट विनियोजन भएको भन्दै आगामी आवको बजेटमा ध्यान दिनुपर्ने बताए । सांसद योगेन्द्र मण्डलले केही दिनदेखि धेरैस्थानमा आगलागी भएको र विपन्न बस्ती बढी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

    सांसद रघुजी पन्तले दलितसम्बन्धी पारित कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सांसद रणकुमारी बलम्पाकी मगरले नेपालमा प्रतिवर्ष २१ हजार भन्दाबढी महिला हिंसाले सहनुपरेको र विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक तीन महिलामध्ये एक महिला आफ्नै परिवारका सदस्यबाट हिंसा हुने गरेको देखिएकाले नियन्त्रमा सरकारले ध्यान दिन माग गरिन् । सांसद रञ्जुकमारी झाले नागरिकता अहिले पनि सहजरुपमा पाउन नसकेको र मधेसमा अवैधरुपमा मदिराको बिगबिगी रहेको भन्दै नियन्त्रण गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराइन् ।

    सांसद रमा कोइराला पौडेलले वैदेशिक रोजगारमा गएका धादिङका पहलमान थापा र ओखलढुङ्गाका भुवन श्रेष्ठ बल्डमनीको आभावमा जेलमा रहेको भन्दै उनीहरुलाई निकाल्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद राजु थापाले वर्तमान गृहमन्त्रीमाथि सहकारीको पैसा हिनामिनाको आरोप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

    सांसद राजेन्द्रकुमार केसीले नागढुङ्गामा सुरुङमार्ग निर्माणमा भएको अवरोध खुलाउन स्थानीयलाई मुआब्जा दिन र खानेपानीको मुहान सुकेको हुँदा त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रामकुमार राईले खोटाङका विभिन्न पालिकाका जङ्गलबाट भीषण आगलागी हुँदा ऐँसेलुखर्क गाउँपालिका–६ मा बुद्धिमान लम्सालको घर जलेर नष्ट भएको र ६० वटा बाख्रा जलेको तथा अन्य स्थानमा पनि आगलागी भएको हुँदा राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

     सांसद रामकृष्ण यादवले देशभरका पुल र सडक निर्माणमा ढिलाइ भइरहेको जानकारी गराए । सांसद रामहरि खतिवडाले सत्तारुढ दलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयमा आयोग पनि बनाउने भनेपनि सहकारीको रकम हिनामिना गरेको विषयमा छानबिन समिति गठनबारे उल्लेख नभएको बताए । 

    सांसद रुक्मिणी राणा बराइलीले नेपालको संविधान नेपालको भूमिहीन र आवासहीन दलितलाई एकपटक भूिम उपलब्ध गराउने व्यवस्था गरिएको भए पनि नेपालको ४४ प्रतिशत दलित भूमिहीन भएको भूमि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।  

    सांसद रामनाथ अधिकारीले रुस–युक्रेन युद्धमा परेका नेपालीलाई उद्धार गरी नेपाल फिर्ता गर्न माग गरे। सांसद रेखा यादवले देशमा युवाहरु नहुँदा खेतीबारी बाँझो रहेको, कलकारखाना बन्द, सञ्चारकर्मीको अवस्था निराश भएको र पारिवारिक विखण्डनका कारण सन्तानको बिचल्ली भएको कुरालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद लक्ष्मी तिवारीले लैङ्गिक अल्पसङख्यक व्यक्तिका समस्यालाई मूलधारमा ल्याउन छलफल गर्नुपर्ने माग गरिन् ।

    सांसद मनिष झाले प्राचीन मिथिलाको राजधानी जनकपुरको राम मन्दिर अगाडि रहेको २०१३ सालमा निर्माण भएको रामायण भवनमा तुलसी दासद्वारा लिखित रामायण पूर्णपाठ लेखिएको भवन पुनःनिर्माण तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार