Sep 19 2024 | २०८१, असोज ३ गते

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
  • सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  

    images
    images

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
     
    बैठकले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतबाट स्वीकृत पनि गरेको छ । बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयकमा सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी प्रस्ताव गरेका थिए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिका छलफल सम्पन्न भएको छ ।

    राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित विधेयकमा सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिए । राष्ट्रियसभाको अर्को बैठक यही चैत १५ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार