Sep 19 2024 | २०८१, असोज ३ गते

गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
  • गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताएका छन्। 

    images
    images

    काठमाडौँ जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताए । उनले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताए। 

    “हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०.२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,” उनले भने । 

    अध्यक्ष ओलीले एमाले देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी भएको धारणा राखे । उनले आगामी निर्वाचनमा काठमाडौँमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताए। “पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झ-यो । काठमाडौँका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ यो स्थितिलाई अनिवार्य बदल्नै पर्छ”, उनले भने, “एमालेलाई काठमाडौँमा यो अवस्था कुनै हालतमा स्वीकार्य छैन । एमालेले काम गरेर देखाएको हिसाबले पनि जुन परिमाण आएको छ । त्यो पीडादायी रहेको छ ।”

    उनले आगामी निर्वाचनमा काठमाडौँमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गरे । “पार्टीका पक्षमा बोल्नुप-यो । विपक्षीले लगाएका झुठो आरोपको खण्डन गर्नुप-यो । यो झुठो हो भनेर सामाजिक सञ्जालमा किन टिप्पणी लेख्दैनौँ ”, उनले भने । अध्यक्ष ओलीले नेपाललाई समृद्ध र सुशासनयुक्त बनाउन खोजेको बताए। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार