Sep 19 2024 | २०८१, असोज ३ गते

सीआईबीमा विनोद चौधरीको बयान : अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ 

सीआईबीमा विनोद चौधरीको बयान : अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ 

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
  • सीआईबीमा विनोद चौधरीको बयान : अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ 

    काठमाडौँ । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानुनीरुपमा नै आफ्नो नाममा आएको बयान दिएका छन् ।

    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार बयान दिँदै चौधरीलै कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान सीआईबीलाई दिएका हुन् ।
    उनले बयानमा भनेका छन्, “हामीले अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ । त्यो मेरा बुबाकै पालामा कानुनी रुपमा आएको हो । यसमा मेरो कुनै भूमिका नै छैन ।” जग्गा हिनामिना प्रकरणमा विनोद चोधरीसहित भाइ वसन्त चौधरीसँग पनि सीआईबीले बुधबार बयान लिएको थियो । छाला जुत्ता कारखानाको १८ रोपनी जग्गा मध्ये १० रोपनी जग्गा हडपेको भन्दै यसअघि माघ १८ मा विनोद चौधरीका कान्छा भाइ अरूण चौधरीलाई सरकारले पक्राउ गरेको थियो ।

    उनीबाहेक च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) का प्रमुख सञ्जय ठाकुर र बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका थिए । चौधरी ग्रुपका तीनजना दाजुभाइले नै बाँसबारीको जग्गा कानुनीरुपमा आएको बयान प्रहरीलाई दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार