Sep 19 2024 | २०८१, असोज ३ गते

लोसपा बैठक : बीआरआई परियोजनाको विरोध

लोसपा बैठक : बीआरआई परियोजनाको विरोध

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
  • लोसपा बैठक : बीआरआई परियोजनाको विरोध

    काठमाडौँ । नेपाल लोकतान्त्रिक समाजवादी, नेपाल (लोसपा)ले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको विरोध गरेको छ ।

    images
    images

    यही मंगलबार र बुधबार महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले बीआरआई नेपालको हितमा नरहेको ठहर गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । नेपालले बीआरआई अघि बढाउन कार्यान्वयन सम्झौता गर्ने चर्चा चलिरहेको बेला लोसपाले विरोध गरेको हो । लोसपाले मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोड रुपैयाँलाई २० करोडसम्म पुर्याउने निर्णयको भने स्वागत गरेको छ ।

    ‘यसले मुलुकको समृद्धिमा टेवा पुग्ने भएकोले यसलाई स्वागत गर्दछ, मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोडलाई २० करोडसम्मको सीमा तय गरिएको निर्णयलाई यो बैठकले स्वागत गर्दछ।’ ठाकुरले भनेका छन् ।

    साथै, लोसपाले भारतसँग भएको विद्युत व्यपार सम्झौताअन्तर्गत १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति मुलुकको व्यापक हितमा भएको दाबी गरेको छ।

    विगतदेखि अहिलेसम्म लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न पनि लोसपाले माग गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार