Sep 19 2024 | २०८१, असोज ३ गते

पाँच महिनापछि दोस्रो चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

पाँच महिनापछि दोस्रो चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
  • पाँच महिनापछि दोस्रो चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ । गत अक्टोबरमा चीनमा भएको तेस्रो बेल्ट एण्ड रोड फोरममा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको नयाँ भ्रमणमा जाने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार क्याङचाओमा उड्नेछन् भने सोमबार बेइजिङतर्फ प्रस्थान गर्नेछन् । मङ्गलवार उनको चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट हुनेछ ।

    images
    images

    बिहीबार र शुक्रवार उनी छोङछिङ तथा ल्हासामा हुनेछन् । शनिवार मानसरोबर जाने कार्यक्रम तय भएको छ भने आइतबार उनी चङ्तुमा पुग्नेछन् ।

    सोमबार उनी त्यहीँबाट सीधा उडानबाट नेपाल आउनेछन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको यो भ्रमणमा बीआरआई कार्यान्वयनका लागि केहि ठोस सम्झौता हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार