Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ : राजेन्द्र लिङ्देन

देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ : राजेन्द्र लिङ्देन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
  • देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ : राजेन्द्र लिङ्देन

    राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताएका हुन् ।

    images
    images
    images

    ‘सभामुख विदेश भ्रमणमा जानुपर्ने भए उपसभामुखलाई जिम्मा दिएर जानुपर्दथ्यो तर संसद्को कार्यसूची नै थन्काएर विदेश भ्रमणमा जानु नाजायज कार्य हो,’ उनले भने । आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउनेसमेत उनले दाबी गरे । ‘देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ,’ उनले भने,‘जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा छ ।’ सार्वजनिक पद धारण गरेका ब्यक्तीलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्ने भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्री रवि लामिक्षानेप्रति लक्षित गर्दे भने,‘म भएको भए पद छोडिसक्म्थेँ ।’

    वर्तमान सता गठबन्धनलाई उनले ‘स्वार्थ समूहको गठजोड’को संज्ञा दिए । ‘सरकारका गठबन्धनका लागि निर्माण भएको गठबन्धन स्वार्थ समूहको गठजोड हो,’ उनले भने,‘स्वार्थको रक्षा कवचका रूपमा सत्ता गठबन्धन निर्माण भएको हो ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट