Sep 08 2024 | २०८१, भदौ २३ गते

तोलामा एक हजार तीन सयले घट्यो सुन

तोलामा एक हजार तीन सयले घट्यो सुन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
  • तोलामा एक हजार तीन सयले घट्यो सुन

    काठमाडौँ । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।

    images
    images

    बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ ।

    यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

    चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट