Nov 25 2024 | २०८१, मंसिर १० गते

images

महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
  • महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

    काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ ।

    images
    images
    images

    महरासँगको बयान सकिएकोले हाजिरी जमानीमा छाड्ने तयारी भएको सीआईबी स्रोतले जनाएको छ । महरासँग सीआइबी र सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै बयान लिएका थिए ।  सीआईबीका प्रवक्ता होबिन्द बोगटीले महरालाई हाजिरी जमानीमा छाड्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

    सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले दोषी देखाएपछि महरालाई चैत्र ५ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही दिन अदालतबाट ४ दिनको म्याद थपेर अनुसन्धान गरिएको थियो । प्रहरीसँगको बयानमा महराले आफू सुन तस्करीमा संलग्न नभएको बताएका थिए । ‘नखाएको विष लागेको’ भन्दै बयानका क्रममा महरा पटक पटक भक्कानिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार