Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ मा सुहाङ नेम्वाङ

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ मा सुहाङ नेम्वाङ

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ११ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ११ २०८०
  • उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ मा सुहाङ नेम्वाङ

    काठमाडौँ । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    images
    images
    images

    त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको छ । एमालेले ऐन महरलाई केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ ।

    एमालेले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव पनि दिएको छ । सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो । उनले काँग्रेस राजनीतिक प्रतिशोधबाट ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप पनि लगाए ।

    सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कदमलाई जिम्मेवार राजनीतिक दलको कदम मान्न नसकिने भन्दै ज्ञवालीले प्रमाणसहित उजुरी दर्ता भएमा लामिछानेको राजीनामाको पक्षमा उभिने स्पष्ट पारे । एमालेले रुसको मस्को नजिकै कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको बिरोध पनि गरेको छ

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट